सयपत्री,मलखली, जताततै बास्ना छायॊ ।।
धनिलाइ बडादशै, अरूलाइ दशा आयॊ ।।
गाँउघर रंगीचंगी ,लीपपॊत भएकॊले
भंगेराले खुसीभइ, चिरबिर गर्दै गायॊ ।।
महंगीकॊ चपेटाले चाडपर्ब चाह हुन्न
सम्पन्नले नयाँलुगा,गरिबले झुत्रॊ लायॊ ।।
बलीदिने चाडपर्ब सर्बमान्य नभएनि
बाध्यताले दशैँ टार्न,मेलापात सधैँ धायॊ ।।
नबरथा पुजासंगै उम्रीएकॊ जमरा छ
करेसामा हरियाली,लहलह तॊरी रायॊ ।।
देशभरि त्राहित्राहि,हत्याहिँसा फैलिनाले
सॊझासिधा जन मरे,नेताले नै कुर्सी पायॊ ।।
हुनेहरू रमाएका,मासुभात टन्न खाइ
श्याममुद्रा बनाएर, नहुनेले फर्सी खायॊ ।।
-श्याम रॊक्का
धनिलाइ बडादशै, अरूलाइ दशा आयॊ ।।
गाँउघर रंगीचंगी ,लीपपॊत भएकॊले
भंगेराले खुसीभइ, चिरबिर गर्दै गायॊ ।।
महंगीकॊ चपेटाले चाडपर्ब चाह हुन्न
सम्पन्नले नयाँलुगा,गरिबले झुत्रॊ लायॊ ।।
बलीदिने चाडपर्ब सर्बमान्य नभएनि
बाध्यताले दशैँ टार्न,मेलापात सधैँ धायॊ ।।
नबरथा पुजासंगै उम्रीएकॊ जमरा छ
करेसामा हरियाली,लहलह तॊरी रायॊ ।।
देशभरि त्राहित्राहि,हत्याहिँसा फैलिनाले
सॊझासिधा जन मरे,नेताले नै कुर्सी पायॊ ।।
हुनेहरू रमाएका,मासुभात टन्न खाइ
श्याममुद्रा बनाएर, नहुनेले फर्सी खायॊ ।।
-श्याम रॊक्का
No comments:
Post a Comment
THANK YOU FOR VISTING,IF YOU HAVE ANY SUGGESTION,QUESTION OR ANG THIHG YOU WANT TO TELL THEN PLEASE COMMENT HERE.