Tuesday, September 27, 2011

साथीहरु बाट आएको केहि नेपाली गजलहरु,

सम्झनाले सतायो की!
एक्लै बाँच्छु भन्यौ अघि सम्झनाले सतायो की!
मेरो खड्को आँशु झर्दा ढुकढुकीले बतायो की !!

याद भुल्न हिजो आज शीत बनी सम्हालिदा
शिशीर को प्रभा फेरि हुरी आइ ततायो की !

ढल्मल ढल्मल छौ रे आज सुने तिमी ससारमा
याद मेरो कस्तो नशा स्वादै बिना मतायो की !

बिगत् छल्न आज भोलि खुशी मन हुँदा हुँदै
सुक्क रोइ आँशु झार्न त्यै मनले खटायो की !

जान्न म त भने पनि सम्झनाको सागरमा
भित्री मन बेदनाले चिठ्ठी काटी पठायो की !
बुद्धि मोक्तान




माया तिमीले छोडेपछि नसोध मलाई

माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई

म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओढेपछि नसोध मलाई
राकेश कार्की



पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
पल्पल तड्पाएर रुवाएको पाप लाग्ला
जून हेरी वाचा कसम खुवाएको पाप लाग्ला

तिमीसँगै यो ओठको हाँसो पनि उतै गयो
लाली बनी केही क्षणलाई सुहाएको पाप लाग्ला
दीप्स शाह


आज भोलि मेरो तिम्ले चियो गर्दै हिड्छौ अरे

आज भोलि मेरो तिम्ले चियो गर्दै हिड्छौ अरे
मलाई गाली गर्नेहरुलाई भेटाए पछि पीट्छौ अरे

आखिर यिमी कोहौ मेरो मेरै पछी लाग्नु पर्ने
तिमि बाहेक अन्त रोज्दा उसलाई नै गिद्छौ अरे

अक् तर्फी माया हुन्न भन्ने थाहा पाउदा पाउदै
फ्री किन मलाई मग्न मन्दिरमा छिर्छौ अरे

भकुण्डो र किर्केट जस्तो होइन हेर मेरो माया
आथार्थता जान्दा पनि मैदानमा भिद्छौ अरे

माया होएना पागल पन हो सम्हालिनु राम्रो हुन्छ
यस्ता अर्ति दिने संग रिसले दारा किद्छौ अरे
अमृता घिमिरे


तिम्रो साथ नपाए नि एक्लै जीवन जिउदैछु।

बिछोडको पिडा दियौ आँसु बनाइ पिउदैछु,
तिम्रो साथ नपाए नि एक्लै जीवन जिउदैछु।
कोठा भरी छरपट्ट छरिएका तिम्रा प्रेम पत्रहरु
धुजा धुजा च्यातिएछ्न जम्मा गरी सिउदैछु।
मेरो खुशी खोसी लगेउ फगत धोका दिएर,
भोक प्यास बिर्सिएर दिन् दिनै खिइदैछु।
कति रहेछन धोका खाने पापी यो संसारमा,
भेटिन्छन कि अरु पनि एता उति चिहाउदैछु।
साहरा देउ मायाको आशा लाग्छ अझै तिम्रो ,
मर्नु भन्दा आशै आशाको जीवन जिउन हौसिदैछु।



मेरो प्रेम ढल्न सक्छ,

मेरो प्रेम ढल्न सक्छ,
तिमीले जरा काटे पछि,
कस्को के लाग्छ यहा तिम्ले
पैसा सँग प्रेम साटे पछि।
माया अन्तै झाङीयेछ तिम्रो,
म पटिको हाङ्गा काटे पछि।
घात भो मायामा सधै सधै,
बैगुनी मायाले ढाटे पछि।
बिर्सिएछौ तिम्ले मलाई छिट्टै ,
मायाको गुलियो अन्तै चाटे पछि ।
सम्झन्छौ रे 'बिहानी'लाई पनि तिम्ले ,
सधैं त होइन मदिराले माते पछि ।

तिमी सँग हार्नुको नि, मजा बेग्लै हुन्छ....


तिमी सँग हार्नुको नि, मजा बेग्लै हुन्छ ।।
आफै एक्लो पार्नुको नि, मजा बेग्लै हुन्छ ।।
हुनत तिमी बिना , हुन्छ कठिन एकपल यहाँ,
भएनि टाढा सार्नुको नि, मजा बेग्लै हुन्छ ।।
रिसाएर घुक्र्याएर , सताउँछ्यौ जब अति,
छिनभर मायाँ मार्नुको नि, मजा बेग्लै हुन्छ ।।
जति तिमी हुन्छ्यौ रिसमा, हेरिरहुँ लाग्छ त्यति,
फकाई रिस झार्नुको नि, मजा बेग्लै हुन्छ ।।
अफैलाई कहिलेकाँहि, आफैदेखि दिक्क लाग्दा,
तिम्रो साथ धिकार्नुको नि मजा बेग्लै हुन्छ ।।
केहि दिन टाढा भई, भेट्न नपाउँदा झन
यादमा गजल नार्नुको नि, मजा बेग्लै हुन्छ ।।

म भुलुँ कसरी


एकान्त अनि अँध्यारो रात म भुलुँ कसरी
तिमीसँग बिताएको साथ् म भुलुँ कसरी

जिस्किंदै अनि लजाउदै पनि
थामेको यो हात म भुलुँ कसरी
आँखाले अनि ती ओठले
चढाएको त्यो मात म भुलुँ कसरी
स्पर्स अनि चुम्बनसँगै
सुतेको त्यो खाट म भुलुँ कसरी
टासिएर अनि निर्वस्त्र भै
बढाएको त्यो ताप म भुलुँ कसरी
निन्द्रा अनि बेहोसीमा
चढाएको त्यो लात म भुलुँ कसरी
सबेरै ऊठेर मुहार छोपी
मानेको त्यो लाज म भुलुँ कसरी

No comments:

Post a Comment

THANK YOU FOR VISTING,IF YOU HAVE ANY SUGGESTION,QUESTION OR ANG THIHG YOU WANT TO TELL THEN PLEASE COMMENT HERE.

You might also like.

Related Posts Plugin for WordPress, Blogger...