आँशु बनाई बगाईदिए तिम्रो माया तरल भा को छ
रक्सीदै छ जीबन आजकाल अब पो जीउन सरल भा को छ
दुख्ने छैन मुटु अब टुक्रा पारि हिडि सक्यौ
त्यहि पिडा लेखे कागज आज यो गजल भा को छ
तिमी हुदा माया बोकि मौन मेरा धडकन हरु
आनायासै दुख्न थाले अब फेरि पिडा सजल भा को छ
भन्दैनथे पिर मनका तिमीलाई खुसि राख्न
तिमीले नै थपेको यो घाउ दिलमा कहर भा को छ
चाहे तिमिलाई भुलि दिए आफ्नै रहर सपनाहरु
तिम्रो खुसि फूलाउदा आज मेरै जिबन बगर भा को छ
-Gaurab Shrestha (Maankura)