आयो दशैं लाहुरे लाई रुवाउन फेरि
यो तिहार नी बीत्ने भयो सम्झनामा बेरि
टिका लाउलान जमरा र खेल्लान रोटे पीङ्ग
बस्दी होलीन बुढीआमा छोरो आउने बाटो हेरि
भाईटिकाको टिका छान्दै दाई आउलान भनी
कुर्दै होलिन बहीनी पनी मखमलि सारि
भक्कानीन्छ मन तेसै दशैं आयो घुमी
आफ्नो भने खाली नीधार लौन सधैभरि
आयो दशैं लाहुरे लाई रुवाउन फेरि
यो तिहार नी बीत्ने भयो सम्झनामा बेरि

-Gaurab Shrestha (Maankura)