जमरा र रातो टिका बनाएर राख आमा
एक्लै बस्न सक्दिनम स्वदेशमै डाक आमा ।
रुदै आँसु बगाउँदिहुन,मलाई पनि फर्कु लग्छ
बिदेशको महल भन्दा तिम्रो प्यारो काख आमा ।
लुछाचुडी अशान्ति र कुर्चि कै छ खेल देशमा
छिट्टै आउछु शान्ति छाओस् देउरालिलाई भाक आमा ।
दशैँ तिहार चाड आउदा गहभरी आँसु बगाई
सपनिमा खाको देख्छु घरकै मिठो छाक आमा ।
गाउँमै पालो पैचो अनि मेला पर्म गरी बस्छु
मतृभुमी छाडी जन्न धेरै खाए लात आमा ।
-चितवन भरतपुर ,कैलाशनगर