भो भयो यस्तै रहेछ सपना अब देख्नै छाडीदिन्छु
तिम्रो नाममा यस्ता गजल अब लेख्नै छाडीदिन्छु
पर्खाईमा तिम्रो यहाँ धेरै ढुकें गल्ली चोक
ति बिराना बाटाहरु अब छेक्नै छाडीदिन्छु
घण्टौं सम्म कुरेका ति सुगन्धका वागहरु
सत्य-सत्य तिम्रो कसम अब टेक्नै छाडीदिन्छु
एक चोट हैन तिम्ले हजार चोट छाडीगयौ
पल-पलका यि घाउहरु अब सेक्नै छाडीदिन्छु
विज्ञान रिमाल