मुटु माग्यौ तिमीले हाँसी हाँसी लाउ भने
भन्यौ माया गर्दिन म श्वाश रोकी जाउ भने
हाँगाको मन कती रुन्छ झर्ने फूल्लाई थाहा हुन्न
ठेस लागे कतै तिमिलाई मेरो हात समाउ भने
नीष्ठुरि त भयौ तिमी मैले माया भुल्न सकिन
देउता भाकि अर्को जुनी तिमीलाई नै पाउ भने
मैन सरि जलीरहे छरिरहे ज्योति तिमीलाई
दुनीयाँले कठै भन्दा दुख्दैन यो घाउ भने
रोई रहे आफै भीत्र सियो रोप्दै मुटुभरि
सजाएछौ सिन्दुर उस्कै बाटो पर्दा आउ भने
दिन्न दोष कसैलाई पुर्पुरोमा मेरै कमी
मेरै भाग्य कमजोर रैछ पागल मेरो नाउ भने
-Gaurab Shrestha (Maankura)