Wednesday, September 28, 2011

सोह्र वर्षो जोवनसंगै झुल्दा राम्री देखे

सोह्र वर्षो जोवनसंगै झुल्दा राम्री देखे
फक्रिएको फूलजस्तै फूल्दा राम्री देखे
कोयलीको स्वरसंग आफ्नो स्वर गुनगुनाई
रनवन चौतारीमा डुल्दा राम्री देखे
चिनी घोल्न राखिएको पेय पदार्थ झै
बच्चा, जवान, बुढासंग घुल्दा राम्री देखे
बारुले त्यो कम्मरसंगै चट्ट गून्योचोली
मुस्कुराउदै दन्ते लहर खुल्दा राम्री देखे
सोह्र वर्षो जोवनसंग झुल्दा राम्री देखे
फक्रिएको फूलजस्तै फूल्दा राम्री देखे
-प्रकाश आर. पाण्डे "निश्चल"

No comments:

Post a Comment

THANK YOU FOR VISTING,IF YOU HAVE ANY SUGGESTION,QUESTION OR ANG THIHG YOU WANT TO TELL THEN PLEASE COMMENT HERE.

You might also like.

Related Posts Plugin for WordPress, Blogger...