दु:खको भारि वारि र पारि परदेशि जिवन
सुन्दानि कुरा त्यो मेरो गाँउको रमाउछ यो मन
फुलेर गुराँस लटरम्मै होला त्यो डाँडा पाखानि
सम्झेर बस्दा त्यो मेरो आँगन रसाउछ आँखानि
पर्खदै होलान कुरेर मलाई ति भञ्ज्याङ्ग चौतारि
के गर्दै होलान संगि र साथि हितैषि दौतरि
मखमलि फूलि आयो रे तिहार गाहा्रो भो सहन
सुन्दानि कुरा त्यो गाँउघरको रमाउछ यो मन
हरियो भयो डाँडा र पाखा खेतमा धान झपक्कै झुल्यो रे
मै दु:खि खेल्ने आँगनमा आज सयपत्रि फूल्यो रे
बिहानि पख खुलेर हिमाल खोज्दथ्यो हाँस्लाई
यो मरभुमि त्यो तातो हावा गाहा्रो भो बाँच्नलाई
फूलेको देखि त्यो तोरिबारि रमायो गगन
सुन्दानि कुरा त्यो मेरो गाँउको रमाउछ यो मन
त्यो कंचन बग्ने बाग्मति खोला शिरैमा राईगाँउ
बडेर माया पोल्यो नि छाति के गरि मन बुझाउ
म सधै हिडने त्यो तेर्साे डगर एक्लै भयो रे
खोजेर मलाई ति दशैं तिहार निरास भै गयो रे
यो कस्तो भाग्य यो कस्तो खेल न सक्छु मेटन
सुन्दानि कुरा त्यो मेरो गाँउको रमाउछ यो मन
गुराँस फुल्ने त्यो पारिपाखा सम्झदै पर्खेर
सोध्छ रे खोज्दै कहिले आउछ भेटनलाई फर्केर
दुईमिलि सार्या त्यो पिपलबोट हलक्कै भयो रे
देखेर हाम्रो बिछोड पिडा देउरालि रोयो रे
न कुनै बाटो बुझाउने के ले यो मनको जलन
सुन्दानि कुरा त्यो गाउघरको रमाउछ यो मन